Rule 26
राहदानी हराएमा
(१) देहायका राहदानी हराएमा त्यस्तो राहदानी बाहकले राहदानी जारी गर्ने देहायका निकायमा तुरुन्त जानकारी गराउनु पर्नेछः- (क) कुटनीतिक राहदानी, विशेष राहदानी वा साधारण राहदानी हराएमा बिभाग वा नियोगमा,

(ख) सर्भिस राहदानी र सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) हराएमा बिभाग र सम्बन्धित: नियोगमा,

(ग) अस्थायी राहदानी हराएमा नियोगमा ।

(२) उपनियम (१) बमोजिम राहदानी हराएको जानकारी नियोगमा प्रास हुन्‌ आएमा नियोगले सोको जानकारी विभागलाई दिनु पर्नेछ ।

(३) उपनियम (१) बा (२) बमोजिम जानकारी प्राप्त हुन आएमा विभागले सोको विवरण तुरुन्त नेपाल प्रहरीको इन्टरपोल शाखा मार्फत अद्यावधिक गरी इन्टरपोलको डाटावेसमा प्रविष्ट गराउनु पर्नेछ।

(४) उपनियम (१) बमोजिमको जानकारी विभागलाई दिएपछि कुनै व्यक्तिले नयाँ राहदानी वा सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) लिनु परेमा यस नियमावली बमोजिम अपनाउनु पर्ने प्रक्रिया पूरा गर्नु पर्नेछ ।